एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । हिजो शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८।३३ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ ।
यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
रासस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन् । “कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भन्नुभयो, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ । मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन ।” वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उहाँले बताउनुभयो ।
नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उहाँको भनाइ छ । “वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भन्नुभयो, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताउनुभयो । नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भन्नुभयो, “एनसेललगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ ।
फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ ।” बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन । “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भन्नुभयो, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो ।
इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ ।” सबैका घरघरमा मोबाइल सेट छन् । फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ । पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन । असुरक्षित पानी पिउन बाध्य शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । उनीहरु वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प नहँुदा असुरक्षित पानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताउनुभयो ।
“सेतो कपडा लगाउनै हुँदैन”, उहाँले भन्नुभयो, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।” ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ । अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् । खानेपानीको अर्को विकल्प नहँुदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताउनुभयो । “माथि सतहको पानी पिउन योग्य छैन”, उहाँले भन्नुभयो, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन् ।” गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ । “वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भन्नुभयो, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ ।
पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ ।” “केही दिन जारको पानी पिउनका लागि प्रयोग ग¥यौँ । हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहँुदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ । त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ ।” स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास छ ।
काठमाडौं ११ चैत्र । कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएकोछ ।
नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिए ।
हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विट गरेकी छिन् । गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । कोरोना भाइरसको इपिसेन्टर बनेको वुहानमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएको थियो । अहिले चीन नियन्त्रण उन्मुख छ । चीन यतिबेला कोरोना भाइसरको सामना गरिरहेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।
एजेन्सी । विश्वमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । १३ हजार ३२ले भने ज्यान गुमाइसकेका छन् ।
चीन, इटली, स्पेनमा सर्वाधिक धेरै संक्रमित देखिएका छन् भने धेरै मृत्यु हुनेको संख्या इटली, चीन र ईरानमा छ । इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएका छन् । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जना मृत्यु भइसकेको छ । बेलयात संक्रमित हुनेको संख्या ५ हजार १८ छ भने २ सय ३३ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले बताइरहेका छन् ।