भर्खरै : Sorry, your browser does not support inline SVG.
युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर |

सुर्खेत, ३० वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहीनता बढेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्ती कार्यक्रममा बोल्दै उनले यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको जनाए। ‘प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको छ, यसलाई नियमन गर्न आम सञ्चार विधेयक ल्याउने तयारीमा छौं,’ उनले भने। विधेयकको मस्यौदा तयार गर्ने प्रक्रिया भइरहेको उनको भनाइ छ।

मन्त्री गुरुङले नेपाली मिडियाले जातीय सद्भावमा खलल पुर्‍याउने र सकारात्मक कामलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने गरेको आरोप लगाए। ‘अनलाइन मिडियालाई व्यवस्थित गर्नुपर्छ,’ उनले थपे। साथै, सामाजिक सञ्जालको दुरुपयोगले साइबर अपराध बढेको भन्दै ४० हजारभन्दा बढी उजुरी फेसबुकसँग जोडिएको दाबी गरे। उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि पारित गरिने प्रतिबद्धता व्यक्त गरे।

यद्यपि, पत्रकार समुदायले मन्त्रीको भनाइप्रति चासो राख्दै प्रेस स्वतन्त्रताको संरक्षणमा जोड दिएको छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, नियमन आवश्यक छ तर त्यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु नहुनेमा पत्रकार जगत छ । सरकारले मिडिया काउन्सिल विधेयकमा सरोकारवालासँग पर्याप्त छलफल नभएको र विधेयक फिर्ता लिई पुनरावलोकन गर्न पत्रकारहरूले बताइरहेका छन् । साथै, साइबर अपराध नियन्त्रणका लागि प्रविधिमा लगानी र सचेतना अभियानलाई प्राथमिकता दिन पत्रकारहरूकाे सुझाव छ ।