भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

काठमाडौँ, ४ फागुन । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड)सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीमाथि उद्योग विभागले सक्रियता बढाएको छ ।

विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो । यसअघि विभागले सम्बन्धित उद्योगहरूको ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाएको भए पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको तथा म्याद तामेली प्रतिवेदन समेत नआएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “सूचना प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक सात दिनभित्र विभागको कानुन शाखामा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुन सूचित गरिन्छ ।”

तोकिएको समयसीमाभित्र प्रतिक्रिया नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने र पछि कुनै उजुरी सुन्ने अवस्था नहुने चेतावनी समेत विभागले दिएको छ ।