भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली प्रदेशको नेतृत्व एमालेको हातमा, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णाली प्रदेशको नेतृत्व एमालेको हातमा, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । कँडेलले मुख्यमन्त्रीमा भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन। सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागबन्डामा कुरा नमिलेको जनाइएको छ।

नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार हुने प्रदेशको कार्यालयले जनाएको छ। कँडेललाई नेकपा ९एमाले० का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक सङ्ख्या २१ हो। जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन्।

एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो।

१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो।

 


Thali Mobile Pvt.Ltd.