भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सडकमा खनिएको माटो बगेर हिलाम्य बन्दा गाडी गुड्न समस्या

सडकमा खनिएको माटो बगेर हिलाम्य बन्दा गाडी गुड्न समस्या

काडमाण्डौ । धादिङ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बन्दै गएको हो । सङ्घीय राजधानी काठमाण्डौ जोड्ने नागढुङ्गा–मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।

काठमाण्डौबाट झण्डै १ सय किलोमिटरको दूरीमा रहेको मुग्लिन पुग्नै ७ र ८ घण्टा लाग्ने गरेको छ । मुग्लिनबाट पोखरा जाने ए सय किलोमिटर बाटोको अवस्था पनि दयनिय बन्दै गएको छ ।  पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरे पनि बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल रहेको यात्रीहरुको भनाई रहेको छ ।

यस्तै  भक्तपुरको सूर्यविनायकदेखि  धुलिखेलसम्मकाे सडक विस्तारका क्रममा खनिएको माटो बगेर सडक हिलाम्य बन्दा सूर्यविनायक र बनेपामा गाडी गुड्न समस्या भएको छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका केही ठाउँमा पनि सडकमै गेग्रान थुप्रिदाँ आवागमन प्रभावित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.