एजेन्सी । भारतको मुम्बई सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर भएको हो।
विश्वभर ३ हजार २ सय ७९ जना अर्बपति छन्, जुन सन् २०२३ को तुलनामा ५ प्रतिशतले धेरै छ । गएको वर्ष १ सय ५५ जना अर्बपतिले आफ्नो ठूलो सम्पत्ति गुमाए पनि चीन अझै पनि ८ सय १४ जना अर्बपतिहरूसहित सूचीको शीर्ष स्थानमै छ ।
अमेरिका ८ सय जना अर्बपतिसहित दोस्रो स्थानमा र भारत २ सय ७१ जना अर्बपतिसहित तेस्रो स्थानमा छ । अर्बपति भनेर १ अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब नेपाली रुपैयाँ हुने व्यक्तिलाई चिनिने हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ ।
भारतको कुनै पनि सहर एसियाका सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको यो पहिलो पटक हो । हुरुनका अनुसार मुम्बईमा ९२ जना अर्बपति रहेका छन् ।
बेईजिङमा ९१ जना र संघाईमा ८७ जना रहेका छन् । २०२४ को विश्वकै धनी सहरको सूचीमा अमेरिकाको न्यूयोर्क छ, जहाँ १ सय १९ जना अर्बपति बस्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...