भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर

मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर

एजेन्सी । भारतको मुम्बई सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपति भएको सहर भएको हो।

विश्वभर ३ हजार २ सय ७९ जना अर्बपति छन्, जुन सन् २०२३ को तुलनामा ५ प्रतिशतले धेरै छ । गएको वर्ष १ सय ५५ जना अर्बपतिले आफ्नो ठूलो सम्पत्ति गुमाए पनि चीन अझै पनि ८ सय १४ जना अर्बपतिहरूसहित सूचीको शीर्ष स्थानमै छ ।

अमेरिका ८ सय जना अर्बपतिसहित दोस्रो स्थानमा र भारत २ सय ७१ जना अर्बपतिसहित तेस्रो स्थानमा छ । अर्बपति भनेर १ अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब नेपाली रुपैयाँ हुने व्यक्तिलाई चिनिने हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ ।

भारतको कुनै पनि सहर एसियाका सबैभन्दा धेरै अर्बपति भएको सहर बनेको यो पहिलो पटक हो । हुरुनका अनुसार मुम्बईमा ९२ जना अर्बपति रहेका छन् ।

बेईजिङमा ९१ जना र संघाईमा ८७ जना रहेका छन् । २०२४ को विश्वकै धनी सहरको सूचीमा अमेरिकाको न्यूयोर्क छ, जहाँ १ सय १९ जना अर्बपति बस्छन् ।

 

 


Thali Mobile Pvt.Ltd.