भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

भोकै परेका र घर जान नपाएकाले हटलाइन ११३१ र ११८० मा सम्पर्क गर्न अनुराेध

भोकै परेका र घर जान नपाएकाले हटलाइन ११३१ र ११८० मा सम्पर्क गर्न अनुराेध

बैशाख ६, २०७७ शनिबार/ काठमाण्डौ । लकडाउनको बेला समस्यामा परेका नागरिकलाई दुईवटा हटलाइन नम्बरमा सम्पर्क गर्न काठमाण्डौ उपत्यका नगरपालिका फोरमले अनुराेध गरेको छ । काठमाण्डौ उपत्यकामा रहेका तर खर्च सकिएर अप्ठ्यारोमा परेका नागरिकले हटलाइन नम्बर ११८० र ११३१ मा सम्पर्क गर्न यस्ताे अनुराेध गरेकाे हाे ।

काठमाण्डौ महानगरपालिकामा ११८० र ललितपुर महानगरपालिकामा ११३१ नम्बर सञ्चालन गरिएको छ । यसअघि यी नम्बरमा फोन गरेर कोरोनाबारे जानकारी र अत्यावश्यक बिरामीका लागि एम्बुलेन्स सेवा लिन सकिन्थ्यो । यी टोल फ्रि नम्बर चौबिसै घण्टा उपलब्ध छ ।

हटलाइन नम्बर ११८०

लकडाउनका बेला हृदयघात र मृगौला रोगीलगायतलाई अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको लागि काठमाण्डौ महानगरपालिकाले यसअघि ११८० नम्बर सञ्चालन गरेको थियो । महानगरपालिकाभित्र बसोबास गर्नेहरु बिरामी परे यही नम्बरमा सम्पर्क गर्ने गरेका थिए ।

हिजो अस्ति राहतबारे बुझ्नेहरुको धेरै फोन आउन थालेको महानगरपालिका कर्मचारी ज्ञानबहादुर ओलीले बताए । काठमाण्डौमा डेरा गरी बस्ने विद्यार्थी, मजदुर, अति विपन्न वर्ग, असहायका साथै बोडिङ स्कुल पढाउने शिक्षकहरुले समेत समस्या राख्ने गरेका छन् ।

बोडिङ पढाउने शिक्षकहरुले तलब नपाउँदा अप्ठ्यारोमा परेको गुनासो गरेका छन् । त्यस्तै विद्यार्थी र मजदुरलगायतले लकडाउन लम्बिँदै गएपछि खर्च नभएकोले समस्यामा परेको गुनासो गर्ने गरेको र यसरी फोनमा सम्पर्क गर्नेहरुलाई जहाँ छन् त्यहीँको वडा जनप्रतिनिधिलाई जानकारी गराएर राहत लिन सुझाव दिने गरिएको ओलीले बताए ।

‘सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुस् । त्यहाँबाट राहत पाउनुहुन्छ भनेका छाैं,’ ओलीले भने, ‘कसैलाई जनप्रतिनिधिको नम्बरसमेत दिने गरेका छौँ ।’ हटलाइन नम्बरमा काठमाण्डौ उपत्यकाभन्दा बाहिरबाट पनि फोन आउने गरेको उनको भनाइ छ ।

हटलाइन नम्बर ११३१

हटलाइन नम्बर ११३१ मा आउने फोन ललितपुर महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उठाउने गर्छ । यो नम्बरमा पनि काठमाण्डौ उपत्यकाभित्रबाट मात्र होइन, बाहिरबाट समेत फोन आउने गरेको छ । हटलाइनमा फोन गर्नेहरुले भोकभोकै परेको, घर जान नपाएको र राहतका लागि कहाँ कसरी सम्पर्क गर्ने जानकारीसमेत नभएको गुनासो गरेको शर्माले बताए ।

तर उनीहरुलाई अहिले लकडाउनको बेला घर जानेभन्दा जहाँ छन् त्यहीँबाट आवश्यक सहयोगको माग गर्न भनिएको छ । सहयोग घरधनी, टोल समिति र सङ्घसंस्थासहित वडा कार्यालयबाट माग्न आग्रह गरिएको शर्माको भनाइ छ । गुनासा राख्ने र राहत माग्नेबाहेक कोरोनाबारे जानकारी माग्नेहरुलाई समेत सहजीकरण गर्ने गरेको उनकाे भनाइ छ ।

काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनको बेला समस्यामा परेर काठमाण्डौ नछाड्न र अप्ठ्यारोमा परेको अवस्थामा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । लकडाउनको बेला सङ्घीय सरकारले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक प्रदेशबाट अर्को प्रदेशमा जान रोक लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.