भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

हरिवंशको ‘छल-चित्र’ मा ‘तिमी के को जान्ने ?’

हरिवंशको ‘छल-चित्र’ मा ‘तिमी के को जान्ने ?’

१५ साउन २०७७ काठमाडौं । कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा कोशेली बजारमा ल्याएका छन् । यस गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ ।

देशको समसामयिक बिषयमा अत्यन्तै ब्यङ्ग्य प्रहार गरेका छन् । गायक आचार्यले नेताको चाँकडी यसमा प्रष्ट राखेका छन् । आफूलाई देवत्वकरण ठान्ने नेतालाई नाङ्गेझार पारेका छन् । सागरराज शर्माको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरि हुमागाँइले छायांकन गरेका छन् ।

सुशिल न्यौपानेले सम्पादन गरेकाे यस भिडियाेमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्न सकिन्छ । उनको साथमा शशिकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुश्मा कार्की लगायतले अभिनय गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.