भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अछाम पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु

अछाम पहिरोमा एकै परिवारका तीन जनाको मृत्यु

अछाम । अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २५ र २६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको ज्यान गएको हो । घटनामा ६५ वर्षकी नैना विष्ट घाइते भएकी छन् ।

उनको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घरभित्र सुतेरहेको अवस्थामा राती करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेका छन्।

 


Thali Mobile Pvt.Ltd.