भर्खरै : Sorry, your browser does not support inline SVG.
निकुञ्जमा मात्र सीमित छैनन् वन्यजन्तु, आसपासका सामुदायिक वनमा पनि देखिन्छन् | देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जना पक्राउ | घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता | जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने, तराईमा हुस्सु र कुहिरोको सम्भावना | चीन र भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने अमेरिकी प्रस्ताव | गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति |

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जना पक्राउ

काठमाडौँ, १० मंसिर । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, सुनसरी, झापा, बारा, इलाम, तनहुँ र दाङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँका १० जना, सुनसरीका सात जना, झापा र बाराका गरी छ जना, इलामका एक जना, तनहुँका दुई जना र दाङका एक जना रहेका छन् । प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा र ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।

केही पक्राउ परेकाहरूको साथबाट नगदसमेत बरामद भएको छ । उनीहरूलाई मङ्गलबार र बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.