भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अन्तर बिद्यालय जिल्ला ब्यापी ‘लिबर्टी कप सेभेन ए’ गर्दै लिबर्टी एकेडेमी

अन्तर बिद्यालय जिल्ला ब्यापी ‘लिबर्टी कप सेभेन ए’ गर्दै लिबर्टी एकेडेमी

काठमाडौं । खेलाडी भित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै राष्ट्रका लागि खेलाडी उत्पादन गर्ने उदेश्यका साथ लिबर्टी एकेडेमी गोकर्णेश्वर ८ अत्तरखेलले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र–छात्रा फुटबल प्रतियोगिता गर्ने भएको छ ।

माघ २४ गतेबाट संचालन हुने उक्त प्रतियोगिताको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिदै लिबर्टी एकेडमीका प्रिन्सिपल ओम प्रसाद ढकालले खेलकुदको विकासले विद्यालयलाई मात्रै नभएर राष्ट्रको पहिचान झल्किने भएकाले विद्यार्थीलाई खेलकुद तर्फ प्रेरित गरेको बताए ।

स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ले भएकाले यस्ता प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक क्षेत्रमा मात्रै नभएर राष्ट्रिय पहिचानमा समेत सहयोग पुग्ने विश्वास लिएको उनको भनाई छ ।

कक्षा १० सम्म अध्यनरत छात्रा तथा छात्रहरुले भागलिन पाउने सो प्रतियोगिताको दोस्रो संस्करणमा करिब १६ विद्यालयले भागलिने जानकारी दिदै आयोजक लिबर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकालले प्रतियोगिताका लागि फारम र आवश्यक कागजात सहित टिम दर्ताको अन्तिम मिति माघ २० गते रहेको बताए ।

माघ २२ गते टाइसिट कार्यक्रम राखिएको भन्दै उनले लिबर्टी एकेडेमीले बिद्यार्थीहरुको पठन पाठनको अलवा साहित्य कला व्यवहारिक शिक्षा तथा खेलकुदमा बिशेष ध्यान दिएको बताए । प्रतियोगिताका खेलहरु अत्तरखेल शिवपुरीचोक स्थित खेलमैदानमा हुने जानकारी दिदै लिबर्टी एकेडेमी प्लस टु मुख्य प्रायोजक रहेको जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद २० हजार सहित आकर्षक ट्रफी मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछ । त्यस्तैदितिय स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि तृतीय हुने टिमले नगद ५ हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

त्यसैगरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याचलाई पनि ट्रफीको व्यवस्था गरिएको सो प्रतियोगितामा ४ लाख सम्म खर्च हुने अनुमान गरिएको छ । अत्तरखेल युवा समाजको संयोजन रहने उक्त प्रतियोगिताको पत्रकार सम्मेलनमा अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले बिगतमा जस्तै भव्य र सभ्य तरिकाले प्रतियोगिता सम्पन्न हुने बताए ।

उनले आफ्नो भरपुर सहयोग रहने भन्दै खेलकुद राष्ट्रलाइ संसारभर चिउने माध्यम भएकाले युवालाई यस क्षेत्रमा लाग्न आग्रह गरे । खेललाई अनुशासित र मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने अत्तरखेल युवा समाजका सचिब दिनेश राइले बताए।

सरस्वती पुजा
वसन्त ऋतुको सुरुवातसंगै पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी लिबर्टी एकेडेमी इङ्गलिस मिडियम स्कुल गोकर्णेश्वरले अक्षारम्भ तथा विद्यार्थी भर्ना कार्यक्रम गरेको छ । ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने दिन भएकाले यसै दिनको अवसरमा यो कार्यक्रम गरेको हो ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा शिक्षा हासिल हुन्छ भन्ने धार्मिक विश्वास रहि आएकाले आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइएको स्कुल परिवारले जनाएको छ । स्कुल प्राङ्गणमा सरस्वतीको मुर्तीमा फूल, माला र अविर चढाएर शिक्षक, विद्यार्थीले सरस्वतीको पुजा सम्पन्न गरेकाे प्रिन्सिपल ओम प्रसाद ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.