भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सवाल–जवाफ हुने

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सवाल–जवाफ हुने image

काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नेछन् । त्यसैगरी भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुनेछ।

बैठकमा सांसदहरूबाट उठाइएका जिज्ञासामाथि प्रधानमन्त्रीको प्रत्यक्ष उत्तर दिने कार्यक्रमले संसदको गतिविधिलाई प्रत्यक्ष लोकतान्त्रिक संवादको अभ्यासका रूपमा लिइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सवाल–जवाफ हुने

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.