भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

अन्धकार बन्दै कालीकोट

अन्धकार बन्दै कालीकोट

कालिकोट । लघुजलविद्युत् आयोजना तीन दिनका लागि बन्द हुने भएपछि कालिकोट अन्धकार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ ।

विद्युत् पावर हाउसमा आएको समस्याले अन्धकारमा बस्नु परेको स्थानीयले बताएका छन् । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको सो आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६सय सेवाग्राहीले सेवा दिँदै आएका छन् ।

पोतमारा लघुजलविद्युत् आयोजनाको मेशिन प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीले बताए । बत्ती आउने–जाने समस्याले हैरानी बढेको सेवाग्राहीले गुनासाे गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.