कालिकोट । लघुजलविद्युत् आयोजना तीन दिनका लागि बन्द हुने भएपछि कालिकोट अन्धकार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ ।
विद्युत् पावर हाउसमा आएको समस्याले अन्धकारमा बस्नु परेको स्थानीयले बताएका छन् । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको सो आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६सय सेवाग्राहीले सेवा दिँदै आएका छन् ।
पोतमारा लघुजलविद्युत् आयोजनाको मेशिन प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीले बताए । बत्ती आउने–जाने समस्याले हैरानी बढेको सेवाग्राहीले गुनासाे गरेका छन् ।

