भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अमेरिकामा थप एक नेपालीकाे मृत्यु

अमेरिकामा थप एक नेपालीकाे मृत्यु

काठमाडाै‌ । काेराेना स‌ंक्रमणबाट अमेरिकामा अर्को एक जना नेपालीकाे मृत्यु भएकाे छ । न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको मृत्यु भएको हाे ।

बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ। काेिभड – १९ का बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए ।

तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै निधन भएकाे अमेरिकामा बस्दै आएकी पद्यमा प्रधानले जानकारी दिइन् । सन् २०१२ मा अमेरिका पुगेका मल्लले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाने काम गर्थे ।

मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ।