भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतान्तरसहित विजयी भएका छन् ।

निर्वाचन परिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पार्दै स्पष्ट जित निकालेका छन् ।

यस क्षेत्रमा प्रतिस्पर्धा गरेका अन्य सबै उम्मेदवारले भने आवश्यक मत ल्याउन नसक्दा जमानत जोगाउन सकेनन् । निर्वाचन कानुन अनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

मतपरिणाम अनुसार दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमी रहेका छन् । उनले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी ले २ हजार ८ सय ३५ मत पाएकी छन् ।

यसैगरी नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका नबिन शाही ले समान १ हजार ९ सय ९ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका राजन खड्गी ले १ हजार ३३ मत प्राप्त गरेका छन् ।

ठूला दलका उम्मेदवारहरू समेत आवश्यक मत ल्याउन नसक्दा काठमाडौं–८ मा प्रतिस्पर्धा गरेका सबै २१ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.