भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा

जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ । देशभरका धेरै क्षेत्रमा कमजोर देखिएको राप्रपाले जुम्लाबाट पहिलोपटक अग्रता कायम गरेको हो ।

प्रारम्भिक मतगणनाअनुसार ३ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले पछ्याइरहेका छन् । नेकपाले हालसम्म १०३ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेका छन् । अन्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गरेका छन् । प्रारम्भिक गणनामा १० मत बदर भएको निर्वाचन स्रोतले जनाएको छ ।

मतगणना जारी रहेकाले जुम्लाको अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.