भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा

जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ । देशभरका धेरै क्षेत्रमा कमजोर देखिएको राप्रपाले जुम्लाबाट पहिलोपटक अग्रता कायम गरेको हो ।

प्रारम्भिक मतगणनाअनुसार ३ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले पछ्याइरहेका छन् । नेकपाले हालसम्म १०३ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेका छन् । अन्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गरेका छन् । प्रारम्भिक गणनामा १० मत बदर भएको निर्वाचन स्रोतले जनाएको छ ।

मतगणना जारी रहेकाले जुम्लाको अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.