भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि

झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि

काठमाडौं, २२ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा जारी प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेन साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । प्रारम्भिक परिणाममा साह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

यसैगरी तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङ रहेका छन्। उनले हालसम्म १ सय ३९ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत तथा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। प्रारम्भिक चरणमै बालेन साहले ठूलो अन्तरको अग्रता लिएकाले झापा–५ को प्रतिस्पर्धा चासोका साथ हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.