भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि

झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि

काठमाडौं, २२ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा जारी प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेन साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । प्रारम्भिक परिणाममा साह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

यसैगरी तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङ रहेका छन्। उनले हालसम्म १ सय ३९ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत तथा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। प्रारम्भिक चरणमै बालेन साहले ठूलो अन्तरको अग्रता लिएकाले झापा–५ को प्रतिस्पर्धा चासोका साथ हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.