भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने

नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने

काठमाडाैं, २२ फागुन । नवलपरासी जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनाको तयारी पूरा भएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सर्वपक्षीय बैठक सम्पन्न भएपछि अब केही समयमै मतगणना सुरु गरिने तयारी गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेमनारायण पराजुलीका अनुसार सर्वदलीय बैठक सकिएपछि आवश्यक व्यवस्थापन पूरा गरिएको छ र चाँडै मतगणना सुरु हुने छ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना बर्दघाटस्थित बाढीपीडित क्षेत्रमा रहेको पुरानो नगरपालिकाको कार्यालयमा हुने व्यवस्था गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जिल्ला समन्वय समिति, परासीमा गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन आयोगका अनुसार नवलपरासीमा कुल २ लाख ५४ हजार १५७ मतदाता रहेका छन्। तीमध्ये १ लाख ७२ हजार ३१४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

अब मतगणना सुरु भएपछि जिल्लाको चुनावी परिणाम क्रमशः सार्वजनिक हुँदै जाने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.