भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता

रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता

काठमाडौं २२, फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् ।

शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । यससँगै नेकपाले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका उम्मेदवार लिलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुशुमदेवी थापा ले ३ हजार ८१ मत पाएकी छन् ।

मतगणनाको अन्तिम परिणामसँगै प्रचण्ड फराकिलो मतान्तरसहित विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.