११ बैशाख २०७७ काठमाडौं । १२ वर्षे जनयुद्ध र उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारीले गर्दा औपचारिक कार्यक्रम भने तोकिएका छैनन् । २०६३ वैशाख ११ गते आजैका दिन राजाबाट जनताले लोकतन्त्र खोसेको दिन अर्थात जनआन्दोलन र जनयुद्धको शक्तिका कारण जनताले लोकतन्त्र पाएको दिनको उपलक्ष्यमा यो दिवस महत्वका साथ मनाइन्छ।
विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तत्कालीन राजा ज्ञानेन्द्रले आफैलाइ तोकेका थिए । यतिमात्रै होइन २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत आफै बनेपछि राजतन्त्रप्रति जनतामा व्यापक वितृष्णा पैदा भयो । माघ १९ पछि सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भयो । २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरङ्कुश राजतन्त्रको अन्त्य भएको थियो।
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । आन्दोलनमा स्थापित यसै दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउदै आइरहेको छ । लोकतन्त्र स्थापना भएकै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ । वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन महत्वलाई बुझेर लोकतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ।
यसैबीच गएराति पार्टी एकीकरणको सहमति गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, राजपा नेपालका नेताहरु पार्टी निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टी फुटाउने नियतले अध्यादेश जारी गरेको र यो लोकतन्त्रमाथिको प्रहार भएको आरोप लगाएका छन् ।
आफूहरुबीच एकताको तयारी पहिलदेखि नै भएको तर लकडाउन लगायतका कारणले केही समय रोकिएको भए पनि गएराति एकीकरण सम्पन्न गरिएको उनले बताए । महतोले संविधानको मर्मविपरित ल्याइएको अध्यादेश तत्काल फिर्ता गर्न माग गरे । एकतापछि बनेको नयाँ दलमा समाजवादी पार्टीले प्रयोग गरिरहेको झण्डा र राजपा नेपालले प्रयोग गर्दै आएको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...