भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

आलोचनाका डरले अपूर्ण प्रतिवेदन, ५ नं. प्रदेशको नाम लुम्बीनी

आलोचनाका डरले अपूर्ण प्रतिवेदन, ५ नं. प्रदेशको नाम लुम्बीनी

बुटवल । म्याद थप्दा आलोचना हुने भएपछि प्रदेश ५ को नामाकरण र राजधानी निर्धारण गर्न सुझाव दिन गठित विशेष समितिले अपूर्ण प्रतिवेदन बुझाएको छ। अपूर्ण प्रतिवेदन सचिवालयमा दर्ता भएको समितिका सभापति दीपेन्द्रकुमार पुनले सोमबार प्रदेशसभा सचिवालयमा प्रतिवेदन बुझाएको बताए।

०७५ साउनमा गठन भएको समितिले म्याद सकिने दिन अपूर्ण प्रतिवेदन बुझाएको हो। प्रतिवेदन सचिवालयमा बुझाए पनि अन्य सदस्यलाई अत्तोपत्तो नभएको समिति सदस्य निर्मला क्षेत्रीले बताईन् । आफूलाई प्रतिवेदन बुझाएको विषयमा जानकारी नभएको भन्दै समितिको आइतबार बसेको बैठकमा प्रतिवेदनका विषयमा खास छलफल भएन उनको भनाई छ।

एकाध सदस्यले आफ्नो अनुकुल हुने गरी राजधानी र नाम तय भएको दावी गर्दै प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी रुपन्देहीको सैनामैना, कपिलवस्तुको वाणगंगा र दाङको भालुवाङ क्षेत्र तोकेको बताएका छन्। अपूर्ण प्रतिवेदनलाई हिउँदे अधिवेशन शुरु हुँदासम्म पूर्णता दिने समितिले जनाएको छ। भारत भ्रमणबाट फर्किएपछि पहिलो बैठकले प्रतिवेदन बुझाउने अधिकार सभापतिलाई दिएको थियो।