१५ जेठ २०७७ , श्याम नेपाली हिमाल, बेलबारी मोरंग । कर्णाली प्रदेशको पश्चिम रुकुम चौरहजारी नगरपालिको सोतीमा भएको घटनाले सदन देखि सदनसम्म तातिएको छ । यो घटना मानवजातिकै इतिहासमा कलंक भएको भन्दै विभिन्न स्थानमा विरोध भइरहेको छ । विहिबार पनि देशका विभिन्न भागमा घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गर्दै प्रदर्शन भएका छन् । अन्तर समुह (अन्तरजातिय) प्रेमबाट सिर्जित अत्यन्तै बर्बर नरसंहार भएको भन्दै पीडितलाई न्याय तथा मृतकलाई सांस्कृतिक शहिद घोषणा गर्नु पर्ने माग राख्दै मोरंगको बेलबारीमा समेत विरोध प्रदर्शन भएको हो ।
घटनालाई तोडफोड गरी पिडकलाई उन्मुक्ती दिलाउन खोज्ने जो कोहीलाई अपराधी घोषणा गरी सजाय दिनु पर्ने प्रदर्शनकारीले माग गरेका छन् । घटनामा जाजरकोटको भेरी नगरपालिकाका नवराज बि क तथा रुकुम चौरहजारी नगरपालिकाकी मल्ल थर कि युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको अवस्थामा उनीहरुको सम्बन्धलाई बिवाहमा परिणत गर्न नदिन यस्तो घटना घटाएको उनीहरुले बताएका छन् ।
गत जेठ १० गते केही साथीहरुसंग आफ्नी प्रेमिका लिन गएका नवराज विकलाई जातीय आधारमा गाली गलौज, अपमान सहित गाउलेहरुले लखेटी–लखेटी मारेको घटनाका दोषीहरुलाई कारबाही गर्न उनीहरुले माग गरेका छन ।
घटना स्वयम वडा अध्यक्षको रोहोबरम भएको र लखेटेर कुटपिट गरी नवराज लगायत उनका साथीहरुलाई मारेर भेरीमा फालेको उनीहरुले आरोप लगाए ।
हात खुट्टाबाधी भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै व्यपत्ता रहेको अवस्थामा निष्पक्ष छानविन गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।
घटनाको बिरोधमा भएको ¥यालीपछिको कोणसभामा बोल्दै विभिन्न कारणले दलित समुदाय माथी गरिएका आक्रमणको घोर निन्दा गर्दै आवस्यक परे दलित समुदाय हतियार उठाउन समेत पछि नपर्ने भन्दै वक्ताहरुले आक्रोश ब्यक्त गरेका थिए ।
कोणसभामा दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको आयोजनामा भएको कोणसभामा समितिका अध्यक्ष कुमार मिजार ,उपाध्यक्ष धनराज रसाइली, सचिव माधब शिवा, दलित महिला जनप्रतिनिधि प्रमिला बि क, उद्धब बिस्वकर्मा, यमन कार्किढोली, श्याम नेपालीले समेत दलित समुदायमाथि हुने हरेक अत्याचारका विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका थिए ।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका कार्यपालिका सदस्य हर्कराज परियारले जाति गत आधारमा हुने हरेक घटना क्षम्य नहुने बताए । प्रदर्शनकारीहरुले सुन्दरहरैचा नगर प्रमुख मार्फत नेपाल सरकारलाई समितिको तर्फबाट ज्ञापन पत्र समेत हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...