भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

इमान खाेई ?

इमान खाेई ?

जनता साेझाे मिठाे बाेल्छन्
उसका नेता बाेलीमा चिप्लाे ।
अझ नेता तरवारमा धार लाउँछ
जनता मिठाे वचनमा वाेल्छन् ।।

जनता नेताले वोलेकोमा विश्र्वस गर्छन्
नेताले स्थान र व्यक्ति हेरी वोल्छ  ।
जनता भोलिको आशमा भोट हाल्छन् 
नेता आगामी समयको आशले हुक्कार्छ ।।

जनता जस्ताे सुकै परिस्थितीमा बाँच्छ
जनताले दु:खी मनलाई थामेर बस्छन् ।
नेता साखा सन्तान र सत्ता हेर्छन्
जनता क्षणभर भलाकुसारी गर्छन् ।।

लकडाउनले जनता भक्कानिदाे छ
नेताहरू यस्तै बेला गुफामा लुकछ ।
जनता दुखेकाे घाऊ हेरी टाेलाउँछ
नेताहरू जनताकाे राेगमा भाषण छाट्छ ।।

सीमा मिच्दा पुर्खाकाे नक्शा छाप्छ
जनता नेताकाे बाहादुरी देख्छन् ।
जनता मख्ख नेताकाे करामट्ट देखि
नेताहरू जिल्ल काम कुरा एकातिर ।।
 लेखक : कुमार  लघु ,१० जेेेठ २०७७ 

 


Thali Mobile Pvt.Ltd.