DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उखु किसानले पाएनन् अनुदान,

उखु किसानले पाएनन् अनुदान, image

काठमाडौं । उखु किसानलाई अनुदान उपलब्ध गराउन सरकारले आनाकानी गरेपछि उखु किसानको ९२ करोड ३० लाख रकम कोलेनिका मै थन्किएको छ । किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण किसानले पाउने अनुदानबापतको रकम थन्किएको हो ।

कागजात नमिले पछि रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले बताए । उनका अनुसार आवश्यक कागजात नपुगेका कारण अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको हो। ‘किसानलाई अनुदान दिने कार्यविधिमा अनुदान रकम पाउन नेपाली उखु उत्पादक किसान हुनैपर्ने र उत्पादन भएको उखु नेपाली चिनी उद्योगलाई बिक्री गरेको प्रमाणसहितको पुष्टि हुने पर्याप्त कागजात हुनुपर्ने व्यवस्था छ,’ ।

उखु क्षेत्रमा रहेका बिचौलिया नियन्त्रण गर्न यस्तो व्यवस्था राखिए पनि तल्लो तहमा सबै निकायबीच समन्वय नहुँदा किसानले अनुदान रकम नपाएको गुनासो गर्दै जीसीले एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको बताए ।

कागजात मिलेको आधारमा ५५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको भन्दै मन्त्रालयले बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाको खातामै थन्किएको जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.