भर्खरै : Sorry, your browser does not support inline SVG.

उता मौका छोपेर पश्चिमबाट लिपुलेखमा हाम्फाल्यो…

उता मौका छोपेर पश्चिमबाट लिपुलेखमा हाम्फाल्यो…

जाग हे नेपाली जनता
उता,
मौका छोपेर पश्चिमबाट…
सिमानाले लिपुलेख हाम्फाल्यो
र उद्घाटन गर्‍यो मानसरोवर मार्ग

यता
कुर्सीदौडमा व्यस्त छन
देशका खेलाडीहरु
कठै, ओझेलमा परे दर्शक

बुझ्दै बुझ्दैनन्
अबुझ बन्नेहरु
बोल्दै बोल्दैनन्
लठ्यौराहरु
देख्दै देख्दैनन्
भक्तहरु

हो
देख्दै देख्दैनन्
विकल्प देख्दैनन्
शासकका भक्तहरु

चन्द्र, सूर्य ध्वजा सोध्छ
देशको, के विकल्प हुन्छ ?

कति हस्तक्षेप सहनु
सहनु कति थिचोमिचो
अब त अति भो
सहनु हुन्न कसैले

susmita

सुस्मिता न्याैपाने

 

देशको राष्ट्रियता जोगाउन
स्वाभिमान रक्षा गर्न
मिचिएका सिमा फिर्ता लिन

लेखकले कलम चलाएर
कलाकारले अभिनय गरेर
शिक्षकले सार्वभौमसत्ताको
महत्त्व जनतालाई बुझाएर
प्रहरी, सेनाले सीमा नाकामा
बम, बारूद बोकेर
किसानले कुटो कोदालो बोकेर
मजदुरले सावेल, घन बोकेर
युवा विद्यार्थीले देशको
झण्डा फरफराउदै

देशको
सीमा, स्वतन्त्रता र
सार्वभौमिकता रक्षार्थ
जाग हे नेपाली जनता
अन्याय अत्याचार विरुद्द
उठाएर बुलन्द आवाज ।

 


Thali Mobile Pvt.Ltd.