भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

उपनिर्वाचनकाे मनोनयन दर्ता आज

उपनिर्वाचनकाे मनोनयन दर्ता आज image

काठमाडौं । उपनिर्वाचनका लागि अाज मनोनयनपत्र दर्ता हुँदै छ। मंसिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने निर्वाचनमा आज बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।

एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। आयोगले उम्मेदवारको चुनावी खर्चको सीमा उपमहानगरपालिका प्रमुखको लागि साढे ५ लाख, वडा अध्यक्षका लागि साढे २ लाख, नगरपालिकाको वडा अध्यक्षका लागि २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख र वडा अध्यक्षका लागि डेढ लाख रुपैयाँ तोकेको छ।

कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ। सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ।

प्रदेश/प्रतिनिधिसभा उपनिर्वाचन : ४ पदमा ६५ उम्मेदवार
रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका-६ का वडाध्यक्षको राजीनामा दिएका हुन्। न्वय समितिमा निर्वाचित भएका थिए।

जिससमा निर्वाचित भएका वडाध्यक्षमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-७, लमजुङको सुन्दरबजार नगरपालिका-२, बागलुङको बडीगाड गाउँपालिका-२, प्यूठानको ऐरावती गाउँपालिका-१ र २, सल्यानको कुमाख गाउँपालिका-५ र कञ्चनपुरको पुर्नवास नगरपालिका-३ रहेका छन्।

आयोगका अनुसार यसअघिका वडाध्यक्षको विभिन्न कारणबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको वडामा पाँचथरको फिदिम नगरपालिका-१ र हिलिहाङ गाउँपालिका-७, भोजपुरको पौवादुङमा गाउँपालिका-१, मोरङको धनपालथान गाउँपालिका-२, सुनसरीको धरान उपमहानगरपालिका-७, सङ्खुवासभाको खाँदबारी नगरापालिका-३, खोटाङको साकेला गाउँपालिका-३, सिरहाको कल्याणपुर नगरपालिका-१२, महोत्तरीको बलवा नगरपालिका-२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका-१ र रौतहटको गढिमाई नगरपालिका-२ रहेको छ।

यस्तै बाराको बारागढी गाउँपालिका-१, पर्साको सखुवा प्रसौनी गाउँपालिका-५, रामेछापको उमाकुण्ड गाउँपालिका-५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२, काठमाडौँको दक्षिणकाली नगरपालिका-३, चितवनको भरतपुर महानगरपालिका-१६ र खैरहनी नगरपालिका-४ र ५ मा पनि उपनिर्वाचन हुन लागेको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका-५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६, अर्घाखाँचीको मालारानी गाउँपालिका-३, प्यूठानको प्यूठान नगरपालिका-२, रोल्पाको थवाङ गाउँपालिका-१, दाङको घोराही उपमहानगरपालिका-१६, बाँकेको कोहलपुर नगरपालिका-६ मा पनि उपनिर्वाचन हुँदैछ।

यसैगरी बाजुराको त्रिवेणी नगरपालिका-१, अछामको मेल्लेख गाउँपालिका-५, डोटी आदर्श गाउँपालिका-२, बैतडीको पुर्चौडी नगरपालिका-४, सुर्नया गाउँपालिका-१ र दोगडाकेदार गाउँपालिका-४ तथा कपिलवस्तुको शिवराज नगरपालिका-१० का वडाध्यक्षको मृत्यु भएका कारण ती वडामा वडाध्यक्ष पदका लागि उपनिवार्चन हुन लागेको आयोगले जनाएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda