काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी उच्च अधिकारीसँग कुरा गर्ने भएका छन् । पार्टीभित्रैका बहुसंख्यक नेता एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा उभिएपछि ओली अमेरिकासंग कुराकानी गर्न लागेका हुन् ।
एमसीसी अध्ययन गर्न बनाएको कार्यदलले परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि नेकपाको केन्द्रीय समिति बैठकले पनि ओलीलाई परिमार्जन नगरि कार्यान्वयन गर्न नहुने सूझाब दिएको स्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजक रहेका वरिष्ठ नेता झलनाथ खनालले अध्ययनका निष्कर्ष सुनाएका थिए ।
एमसीसी सम्झौता अनुमोदन गरे देशको स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने भन्दै यसलाई परिमार्जन गर्नु पर्ने कार्यदलले निष्कर्ष निकालेको थियो । कार्यदल संयोजक झलनाथ खनालले सम्झौतामा रहेका आपत्तिजनक बुदाका बारेमा बैठकलाई जानकारी गराएका थिए।
नेकपाले एमसीसी अध्ययन कार्यदलको जिम्मा नेता झलनाथ खनाल, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएको थियो । कार्यदलले २० दिन लगाएर गरेको अध्ययनमा सम्झौता गर्दा त्यसमा त्रुटिपूर्ण प्रावधान भेटिएको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
अर्थ मन्त्रालयले परराष्ट्रलाई समेत जानकारी नदिई गरेको सम्झौता नेपालको कानुनसँग बाझिएमा ‘न्युयोर्क स्टेट’ को कानुन हाबी हुने आफूहरूले भेटेको भन्दै सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्ने कार्यदलले सुझाव दिएको थियो । पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनमा सम्झौता परिमार्जनका लागि अमेरिकी उच्च अधिकारीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...