७ असार २०७७ आइतबार, काठमाडौं- नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ ।
कर्णालीका थप ११ जनामा कोरोना संक्रमण
नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति जारी गर्दै प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको जनाएको हो । महाशाखाका अनुसार सल्यानमा ६, सुर्खेतमा २, दैलेखमा २ र रुकुम पश्चिममा १ जनामा संक्रमण देखिएको हो । संक्रमितमा १० पुरुष र १ महिला छन्।
सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोभिड १९ पुष्टि भएकाहरुको संख्या १२५६ पुगेको छ भने हालसम्म ५३१ जना निको भई डिस्चार्ज भइसकेका छन् । नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय ३२ पुगेको छ। नेपालमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/281243749900790/
सुत्केरीलाई कोराना
गुल्मी- गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए ।
ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकोमा शनिबार पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
सुत्केरीका श्रीमान् गत जेठ ११ गते भारतबाट घर आएका थिए । भारतबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई जेठ २७ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट घर गएको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हाे ।
१४ वर्षीय मिर्गौला बिरामी र आमा कोरोना संक्रमणमुक्त
सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा उनलाई कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ उनलाई डिस्चार्ज गरिएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । बालकको ४० वर्षीया आमासमेतसँगै डिस्चार्ज भएकी छिन् ।
गण्डकीमा थप १९ जनामा संक्रमण
नेपालमा थप १९ जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो । महाशाखाका अनुसार स्याङजामा १०, नवलपरासी पूर्व १, कास्की २, बाग्लुङ ५ र तनहुँमा १ जनामा संक्रमण देखिएको हो ।
सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको महाशाखाले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको महाशाखा निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२३ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...