भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी

रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक राष्ट्रपति पौडेलसँग औपचारिक संवादका लागि शीतल निवास पुगेका शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयसँगै मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

भारत भ्रमणमा जानुअघि र फर्किएपछि राष्ट्रपतिसँग भेट नगरेको भन्दै प्रधानमन्त्री शाहको विषयमा चर्चा हुँदै आएको थियो । यसअघि आजै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए ।

लामिछानेसँगको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको थियो । राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाहले भारत भ्रमणबारे जानकारी गराउनुका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.