भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य

बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य

भक्तपुर, १२ मंसिर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खानुपरेको छ । होल्डिङ सेन्टरभित्र खाना लैजान स्थानीय प्रशासनले अनुमति नदिएपछि उनीहरू सडकमा बसेर खाना खान बाध्य भएका हुन् ।

जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूहले सुकुमबासीका लागि खाना लिएर पुगे पनि प्रशासनले होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिएको बताइएको छ । त्यसपछि उनीहरूले सडक किनारमै बसेर खाना खाएका हुन् । सरकारले सुकुमबासीलाई उपलब्ध गराउँदै आएको खाना बन्द गरेपछि जेनजी अभियन्ताहरूले उनीहरूका लागि खाना ल्याउन थालेका छन् ।

मङ्सिर ११ गते जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएका थिए । होल्डिङ सेन्टर खाली गर्न प्रशासनले निर्देशन दिएपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासीको बसोबास र खानपानको व्यवस्थाबारे प्रश्न उठेको छ ।

उनीहरूको वैकल्पिक व्यवस्थापन कसरी हुने भन्ने विषयमा पनि चासो बढेको छ । खाना प्रवेशमा रोक लगाइएपछि सडकमै बसेर भोजन गर्नुपरेको दृश्यले होल्डिङ सेन्टरमा रहेका सुकुमबासीको अवस्थालाई उजागर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.