कर्मचारीको दरबन्दी कटौती गर्दै रक्षा मन्त्रालयको पुनर्संरचना

कर्मचारीको दरबन्दी कटौती गर्दै रक्षा मन्त्रालयको पुनर्संरचना image

काठमाडौं । रक्षा मन्त्रालयले आफ्नो संगठनको पुनर्संरचना गर्दै कर्मचारी दरबन्दी कटौती गरेको छ । ९८ जना कर्मचारी रहेको मन्त्रालयमा परिवर्तित संरचना अनुसार १५ जना कर्मचारीको संख्या कटौती गरेर ८३ मा झारिएको मन्त्रालयले जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको दुई वर्षे कार्यकाल पुरा भएको अवसरमा जारी गरेको कार्यप्रगति विवरणअनुसार मन्त्री परिषदको २० माघको निर्णयबमाजिम मन्त्रालयको नयाँ संगठन संरचना तयार गरिएको हो । नयाँ संरचनाअनुसार सहसचिवको नेतृत्वमा रहने गरी प्रशासन, योजना तथा अन्तर्राष्ट्रिय समन्वय, कानून र व्यवस्थापन महाशाखा गरी ४ वटा महाशाखा रहने ब्यवस्था गरिएको छ ।

यसैगरी यी महाशाखा अन्तर्गत रहने गरी १० वटा शाखा कायम गरिएका छन् । यसअघि मन्त्रालयमा ११ वटा शाखा थिए । ‘प्रबन्ध तथा अभिलेख शाखा’ कटौतिमा परेको मन्त्रालयले जनाएको छ । त्यो महाशाखालाई व्यवस्थापन महाशाखा अन्तर्गतको आन्तरिक तथा अभिलेख व्यवस्थापन शाखामा ‘मर्ज’ गरिएको छ ।

नयाँ कायम भएको कर्मचारी दरबन्दी अनुसार ८३ मध्ये मन्त्रालयमा एकजना राजपत्राङ्कित विशिष्ठ श्रेणीका सचिव, ४ जना प्रथम श्रेणीका सहसचिव, ११ जना उपसचिव वा सो सरह र शाखा अधिकृत वा सो सरह १६ जना कर्मचारी रहेका छन् । लाई सूचना प्रविधिमैत्री बनाउन नयाँ संगठन संरचना निर्माण र दरबन्दी कायम गरिएको हो ।’

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon