भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

‘कला र संस्कृतिलाई संसारभर चिनाउन भक्तपुर महोत्सव हुदै’

‘कला र संस्कृतिलाई संसारभर चिनाउन भक्तपुर महोत्सव हुदै’ image

भक्तपुर । पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराबोकेको भक्तपुर नगरपालिकाले आउदो चैत्र ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव गर्ने भएको छ । नाँचगानको राजधानी भनेर परिचित भक्तपुरमा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव २०७६ गर्न लागिएको हो ।

ऐतिहासिक, कला र संस्कृतिको धनी, मूर्त र अमूर्त सम्पदा सम्पन्न, परम्परागत सीप, ज्ञान विज्ञानको केन्द्र, उत्सवै उत्सवको नगर भक्तपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन महोत्सवको आयोजना गरिएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए । भ्रमण वर्षले नगरका कला, संस्कृति, सम्पदालाई विश्वभर थप प्रचार प्रसार हुने विश्वास लिएको भन्दै प्रजापतिको भनाई छ ।

भक्तपुर आफैमा एक धार्मिक, साँस्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल पनि हो । पाँच दिन सम्म चल्ने महोत्सवले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदिसंगै नगरको साँस्कृतिक सम्वन्ध राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा झन मजबुत हुने नगरपालिकाले जनाएको छ । एेतिहासिक महत्व बोकेको भक्तपुरले महोत्सवमा नगरपालिकाको साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्ने उद्देश्य राखिएको जनाएको छ ।

महोत्सवका आकर्षण

साँस्कृतिक कार्यक्रम–लायकु, क्वाठण्डौ, दत्तात्रय र टौमढीमा गरिने ।

नगरा बादन– च्यासिंमण्डप, लायकुमा गरिने ।

तस्बीर प्रदर्शनी– तव सत्तः, लायकु र वाँचु त्वःमा गरिने ।

चित्रकला, छ्वालीकला, तस्बीर र पौभा प्रदर्शनी– लायकु, थथुबहि र कुथुबहि (मिनिबस पार्क) मा गरिने ।

परम्परागत पोशाक प्रदर्शनी– लायकु (फसीदेग पछाडी) गरिने ।

खाना महोत्सव– तुलाछेँ, यातुबारे, पुखु (कमलविनायक), गलसी पुखु, खलाँ र नःपुखु पश्चिममा गरिने ।

हलिमलि– छुमागणेश चोछेँ, वाकुपति नारायण, दत्तात्रय, गलसी पुखु र टौमढीमा गरिने ।

परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी– भोलाछँमा गरिने ।

परम्परागत धागो रंगाउने– नागपुखु, थालाछँमा गरिने ।

कुमारी(जीवित देवी) प्रदर्शनी– प्रशन्नशिल महाविहार, क्वाठण्डौमा गरिने ।

दिपङ्कर बुद्ध प्रदर्शनी– प्रशन्नशिल महाविहार, झौरबहि, चतुब्र्रम्ह महाविहार, थथुबहि र कुथुबहिमा गरिने ।

नवदुर्गा प्रदर्शनी– नवदुर्गा द्यःछेँ, गछेँमा गरिने ।

शैक्षिक प्रदर्शनी– लामगःमा गरिने ।

नौका विहार– ब्यासी पुखु, नाग पुखु, यातुबारे पुखु(कमलविनायक), तःपुखु र नःपुखुमा गरिने ।

मुर्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी– सूर्यमढी र तालाक्वमा गरिने ।

परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता– वाकुपति नारायण, सूर्यमढीमा गरिने ।

नेवार जीजनशैलीको गतिविधिको प्रदर्शनी– ब्यासी, ब्रम्हायणी द्यःछँ, जेलाँ, गलसी पुखु र देगमनामा गरिने ।

नौ बाजा प्रदर्शनी– वाकुपति नारायण, सःकोलान, दत्तात्रय, गोल्मढी ननी र टौमढीमा गरिने ।

दही महोत्सव– याछेँ, लालाछेँ, जेलाँ र ईनाचोमा गरिने ।

दीपावली– लायकु, यातुबारे पुखु (कमलविनायक), दत्तात्रय, टौमढी र तःपुखुमा गरिने ।

पुस्तक प्रदर्शनी, बौद्ध प्रकाशन र तस्बीर प्रदर्शनी– झौरबहि र गोल्मढीमा गरिने ।

हस्तकला सहकारीको गतिविधि प्रदर्शनी– गोल्मढी यातामा गरिने ।

बालबालिकामैत्री गतिविधि सास्कृतिक कार्यक्रम– शहीद स्मृति उद्यान खेलमैदान र खःलाँमा गरिने ।

कृषि उत्पादनको व्यावसायिक प्रदर्शनी– लामगः र गःहिटीमा गरिने ।

कुखुरा अण्डा महोत्सव– भाज्या पुखु र दुधपाटीमा गरिने ।

हस्तकलाको जीवन्त प्रदर्शनी– गलसी पुखु, नासमना र तेखापुखुमा गरिने ।

व्यापार मेला– महेन्द्रपार्क, खौमा र ब्यासीमा गरिने ।

र परम्परागत वाद्यवादन प्रतियोगिता एवं प्रदर्शनी– प्रदक्षिणा मार्ग (नगरभरी) गरिने । भक्तपुर नगरपालिकाले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda