भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘कानुन नै संशोधन गरी दलितलाई निःशुल्क शिक्षा’

‘कानुन नै संशोधन गरी दलितलाई निःशुल्क शिक्षा’

काठमाडौं । दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिनका लागि सरकारले विद्यमान कानुन संशोधन गर्ने जनाएको छ। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो।

राष्ट्रियसभाको विधायन समितिले पास गरेको विधेयक कार्यान्वयनमा आए दलित समुदायले अब चाहेजति तहमा पढ्न पैसा तिर्नुपर्ने छैन। अहिले दलित समुदायका विद्यार्थीलाई कक्षा दससम्मको शिक्षा पूर्ण निःशुल्क भनिएपनि घुमाईफिराई पैसा असुल्नेकार्य भैरहेको छ।

विधेयकमाथि राष्ट्रियसभामा भएको छलफलमा मन्त्रालयले आर्थिक रूपमा विपन्न दलितलाई मात्र निःशुल्क शिक्षा दिन प्रस्ताव गरेको थियो तर छफलमा सांसदहरूले संविधानको मर्मविपरीत जान नहुने भन्दै अडान लिएपछि दलितलाई सबै तहको शिक्षा निःशुल्क दिने सहमति जुटेछ।

एकैपटक पूर्ण निःशुल्क दिने व्यवस्था ल्याउँदा कार्यान्वयनमा समस्या आउने मन्त्रालयले भनेपनि सांसदले पढ्न चाहेजति विषय वा संकाय सबैमा निःशुल्क हुनुपर्ने व्यवस्था समेटिनुपर्ने मागमा अडान लिएका थिए। संविधानको धारा ४० को उपधारा २ मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च तहसम्मको शिक्षा निःशुल्क दिने उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.