३ जेठ २०७७, काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ ।
पुष्टि भएसंगै नेपालमा कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या १ भएको छ । सिन्धुपोल्चोक निवासि २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । शनिबार एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा २ सय ८१ कोरोना संक्रमित मध्ये ३६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन ।

