काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका हालसम्म २ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको छ । ती मध्य २ हजार ३ सय ८२ जना काठमाडौंमा र ५ सय १३ जनाको उपत्यका बाहिर परीक्षण गरिएको हो।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नदेखिएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको आशंकामा अहिले १ सय ९३ जनाको नमूना परीक्षण भइरहेको बताए । काठमाडौंमा १८ र उपत्यका बाहिर ९९ जनाको आइसोलेसनमा भर्ना भई उपचार भइरहेको भन्दै मुलुकभर ७ हजार ९ सय ४० जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
कैलाली र कञ्चनपुरबाट संकलन गरिएको नमूना हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको भन्दै हालसम्म परीक्षण भएका ६६ जनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले बताए। डडेल्धुरा र बैतडीमा पनि नमूना संकलनका लागि मन्त्रालयले टोली खटाएको छ । मन्त्रालयका अनुसार त्यहाँबाट ४ सय बढीको नमूना संकलन गरिनेछ।
कोरोना परीक्षणका लागि मन्त्रालयले प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) पठाएको बताएकाे छ । बागलुङ, म्याग्दी र पर्वतमा आरडीटी सम्बन्धी तालिम दिएर परीक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ। विराटनगर, जनकपुर, बुटवल, पाटन लगायतमा रियल टाइम पिसिआरको ठुलो मेसिन जडान गर्ने तयारी सुरु भइसकेको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
भिडियाे तल थिच्नु हाेस्
https://www.facebook.com/Kailashkhabarnews/videos/1452039571642992/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...