भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कोरोना विरुद्ध नगरकाे प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थकाे पच्चीस हजार

कोरोना विरुद्ध नगरकाे प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थकाे पच्चीस हजार

८ बैशाख २०७७ राकम। दैलेख जिल्लाकै विकट मानिने आठबीस नगरपालिकाको कोरोना विरुद्धको प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थ होटल राकम कर्णालीले २५ हजारको चेक हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल आठबीस नगर संयोजक महेन्द्रबहादुर माझीले उक्त चेक नगरप्रमुख खड्गराज उपाध्यायलाई हस्तान्तरण गरेका हुन ।

सोमबार नगर प्रमुख खड्गराज उपाध्यायलाई चेक हस्तान्त्रण गर्दै होटल सञ्चालक समेत रहेका संयोजक महेन्द्रबहादुर माझीले कोरोना भाइरसका कारण विश्व मानवसमुदाय प्रताडित बनिरहेका बेला यसको संक्रमण फैलन नदिन सानै भएपनि विपद व्यवस्थापनमा सहयोग पुग्ने हेतुले सहयोग गरेको बताए ।

लकडाउनको पूर्ण पालना गर्दै जो जहाँ भएपनि कोरोना विरुद्ध सचेत हुनु पर्ने भन्दै माझिले सबै मिलेर महामारीको सामना गर्नुको विकल्प नरहेको बताए । चेक बुझ्दै नगरप्रमुख उपाध्यायले माझीलाई नगरको तर्फबाट धन्यवाद दिए ।

नगरपालिकाले सबै सहयोगीहातलाई धन्यवाद दिदै कोरोना विरुद्ध लड्न सरकारले जारी गरेको लकडाउनको पालना गर्न आग्रह गरेको छ । साथै सहयोगी मनलाई सहयोगका लागि ढोका खुल्ला रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्तणको लागि यस अघि नगरको प्रकोप व्यवस्थापन कोषमा नेपाल विद्यार्थी संघ आठबीस नगरसमिति राकमकर्णाली दैलेखले पनि १० हजार सहयोग गरेको छ ।

यस्तै लालिगुँरास कृषि बचत तथा ऋण सहकारी सस्था लिमिटेडले  सात हजार सहयाेग गरेकाे छ । अहिले कोषमा रकम जम्मा हुने कार्य निरन्तर बढीरहेको नगरका सुचना अधिकारी शेरबहादुर सिजापतिले बताए ।