‘सफल मानिसले फरक काम गर्दैन, फरक तरिकाले गर्छ ।’ भनेर साहित्यकारले भनेको यो प्रेरणादायी भनाईलाई दैलेख ठाँठीकाध ४, गैरेगाँउका कर्मशील योद्धा गणेश बहादुर कठायतले पुष्टी गरेका छन् । परिस्थितिका चट्टानी पहाडहरुलाई चिर्दैअघि बढेका कठायत आज युवाहरुका माझ प्रेरणाका पात्र मात्रै बन्न पुगेका छैनन् ।
‘उद्देश्य र लक्ष्य किटान गरेर, निस्वार्थ लगन र निरन्तरको प्रयासबाटै हरेक कुरा सम्भव छ,’ सम्वादको सुरुवातमै उनले भने, ‘इमान्दार र लगनशीलताले मात्रै सफलता हासिल हुन्छ भन्ने कुरा मैले मेरो शीकाईको सुत्र बनाएको हु ।’ ‘उद्देश्यमा प्रष्ट, लक्ष्य किटान, निस्वार्थ लगन र निरन्तरको प्रयासबाटै यो सम्भव भएको हो।
मध्यपश्चिमको पहाडी जिल्ला दैलेखको ठाँटीकाध –४ मा जन्मिएका कठायतले प्राथमिक तहको पढाई पूरा गरेर काठमाडौं छिरे । काठमाडौं बसाईले उनलाई धेरै कुरा सिकायो तर जीवन जीउन अझै केहि कडा परिश्रम गर्नुपर्छ भन्ने लागेर उनी भारतको चन्दीगढ लागे ।
१६, १७ वर्षे युवा गणेश कठायतको दिनचर्या चण्दीगढमै बित्यो । ‘परिवारको आर्थिक अवस्था त्यति राम्रो नहुँदा कठीन जीन्दगी जीउनु परेको’ उनी सम्झिन्छन्, ‘१३ वर्षको उमेरमा गाँउ छोड्नु पर्यो ।’ कक्षा ७ पछि वाँहाकोटको स्कूल छोडेका कठायतले १४ वर्ष लाग्दा नलाग्दै अभिभावकको पछि लागेर काठमाडौको यात्रा तय गरे ।
त्यसपछि उनको गन्तव्य नयाँ बन्यो । कक्षा ७ देखि ९ सम्मको पढाई पछि उनले चण्दीगढको यात्रा तय गरेका कठायत चण्दीगढमै पढाई अगाडी बढाए । भारतमा रहदा भारतीय जनताको जीवनशैलीलाई नजिकबाट नियालेका कठायतले त्यहाँ गणेश कठायत कन्सट्रक्सन प्रा.लि. खोलेर चर्चा बटुले ।
श्रीराम पब्लीक विद्यालय चण्दीगढमा पढ्ने बेला नेपालका मन्त्रीहरुका छोरी पनि त्यहि पढ्ने भएकाले उनीहरुसंगको रिलेशनले काठमाडौ आवतजावत संगै वैदेशीक भ्रमणको पनि अवसर प्राप्त गरे । २१ देशको भ्रमण गरिसकेका कठायतलाई सवैभन्दा उत्तम देश स्वीजरल्याण्ड लागेको बताए ।
हावापानीको हिसावले अष्ट्रेलिया राम्रो मान्ने कठायतले अन्तत आफ्नै गाँउको धार्मिक पर्यटनलाई टेवा पु¥याउने संकल्प गरे । त्यहि संकल्प अनुरुप गैरेगाँउमा अवस्थित देउती मन्दिरलाई व्यवस्थित बनाउन लागे । करिब ७ लाख ५० हजार सहयोग गरेर मन्दिरको स्वरुपनै परिवर्तन गरिदिए ।
पुस पुर्णीमामा विशेष मेला लाग्ने उक्त देउती मन्दिरमा जेठ पुर्णीमा र भदौ पुर्णीमामा विशेष मेला लाग्ने गर्दछ । अभाव झेल्दै पुजाआजा गर्ने दाजुभाईको मर्म बुझ्दै उनले गरेको सहयोगले मन्दिरले मात्रै स्वरुप फेरेन, दाजुभाईको अनुहारमा समेत चमक ल्यायो । मन्दिरमा गरेकाे सहयाेगले अहिले आन्तरीक पर्यटक र कालिकोट, अछाम, जुम्ला बाजुरा, कैलाली कन्चनपुर, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट लगायतका जिल्लाबाट दर्शालू समेतको आवागमन बढ्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...