भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

घरेलु हतियार सहित १५० भारतीयले गरे झापा स्थित सशस्त्र प्रहरी माथि आक्रमका हर्कत

घरेलु हतियार सहित १५० भारतीयले गरे झापा स्थित सशस्त्र प्रहरी माथि आक्रमका हर्कत

४ जेष्ठ २०७७ झापा । झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमणको हर्कत गरेका छन् । करिब एक सय पचासको सङ्ख्यामा रहेका भारतीय नेपालतिर जबर्जस्ती छिर्न खोज्दा सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेका थिए ।

नेपाल भित्र प्रवेश गर्न नपाएपछि प्रहरीमाथि नै आक्रमणका हर्कत गरेको, नियन्त्रणका लागि हवाई फायर गरिएको प्रहरीले बताएको छ ।

राति साढे ९ बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा आएका भारतीय नागरिक १२५र१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न हवाई फायर गरिएको सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताए ।

नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर भारततीर भागेका थिए । झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो । केहि दिन पहिले झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.