एक भारतीय नागरिकलाई नेपाली बनाएर नागरिकता दिइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कडाईपूर्वक छानबिन थालेको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविकुमार साहको सिफारिश जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको थियो ।
भारतीयलाई नागरिकताको सिफारिस गरेपछि यसबारे उजुरी परेको थियो । उजुरी लगत्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीले वडाध्यक्ष रविकुमार साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बलरा नगरपालिका–८ का स्थायी बासिन्दा मोहन ठाकुरका दुई छोरीमध्ये कान्छी छोरी संगीता देवीको विवाह भारतको जिल्ला सितामढी थाना मेजरगञ्ज पञ्चायत बलेडा निवासी जामुन ठाकुरसँग भयो ।
११ वर्षअगाडि उनीहरुको विवाह भएको थियो । उनीहरुको साथबाट ३ वटा छोरी र २ वटा छोराको समेत जन्म भइसकेको छ । जामुन बिहार र नेपाल दुबैतिर बस्ने गरेका थिए ।
विवरण
जामुन ससुराली घर सर्लाहीमा पनि पटकपटक आएर बस्न थाले । यसैक्रममा २०६९ सालमा तत्कालीन गढैया गाविसमा उनको जन्म दर्ता गराइयो । २०६९ साल चैत ३० गते जामुन ठाकुरको नाम परिवर्तन गरी शिवजी ठाकुरको नाममा जन्मदर्ता गराइयो ।
जन्मदर्ता गराउँदा २०५० साल साउन ९ गते जन्म भएको र बुवाको नाम मोहन ठाकुर तथा आमाको नाम मनतोरिया देवी भनेर राखियो । त्यसको ६ वर्षपछि २०७५ साल वैशाख १३ गते उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिइयो । त्यो प्रतिलिपि दिने व्यक्ति थिए २० वर्षदेखि सोही स्थानमा काम गर्दै आएका वडा सचिव सरोज साह ।
उनलाई परिवर्तित नाम शिवजी ठाकुर को थिए भन्ने कुरा राम्ररी थाहा थियो । तर पनि उनले ती व्यक्तिको जन्मदर्ताको प्रतिलिपि दिन कुनै आनाकानी गरेनन् । जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिएपछि उनी त्यसलगत्तै नागरिकताका लागि सिफारिश लिन पुगे । वडा अध्यक्ष रविकुमार साहले ‘सर्जमिन मुचुल्का’ तयार पारेर शिवजी ठाकुर उर्फ जामुन ठाकुरको नाममा नागरिकता सिफारिश गरिदिए ।
वडा नम्बर ८ का वडा सदस्य कोमलकुमार ठाकुरका अनुसार वडाध्यक्ष साहलाई पनि जामुन ठाकुर मोहनको ससुरा भएको थाहा थियो । तर पनि उनले नागरिकताका लागि सिफारिश गरिदिए । र, त्यही सिफारिशको आधारमा २०७५ भदौ २५ गते भारतीय नागरिक जामुन ठाकुरले शिवजी ठाकुरको नामबाट आफ्ना ससुरा मोहन ठाकुरलाई बुवा बनाएर नेपाली नागरिकता लिन सफल भए ।
२०७५ भदौको उक्त घटनाबारे २०७६ असारमा पोल खुल्यो । मोहन ठाकुरले टोलकै कुनै व्यक्तिलाई ज्वाइँको नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको बारे बताए, त्यसपछि मात्रै शिवजी ठाकुरको नाममा जारी भएको नागरिकता र वडाको सिफारिशबारे खोजबिन सुरु भयो ।
त्यसपछि गएको साउन २ गते अख्तियारमा सो सम्बन्धमा उजुरी पर्यो । र, अख्तियारले छानबिन थाल्यो । अनि मात्रै उक्त पत्र जिल्ला प्रशासन कार्यालय हुँदै वडा कार्यालयसम्म आइपुग्यो ।
वडा अध्यक्षले १ लाख लिएको आरोप
मोहन ठाकुरले आफ्नो ज्वाईँलाई छोरा बनाएर नागरिकता दिलाउन करिब २ लाख रुपैयाँ खर्च गरेको वडा सदस्य र स्थानीयसँग बताइसकेका छन् । वडा नम्बर ८ का वडा सदस्य कोमल कुमार ठाकुरका अनुसार यसबारे खोजबिन सुरु भएपछि उनले शिवजी भन्ने जामुन ठाकुर आफ्नो छोरा नभएर ज्वाइँ भएको र उनी भारतीय नागरिक भएको बताइसकेका छन् ।
वडाध्यक्षसँग कुराकानी गरी अर्को चुनावमा सघाउने र नागरिकता दिलाएवापत २ लाख रुपैयाँसम्म खर्च गर्ने भनी उनले सिफारिश लिएका थिए । त्यसका लागि सिफारिश गर्न वडा अध्श्यक्ष एक्लैले १ लाख रुपैयाँ लिएको मोहनले बताएका थिए ।
वडा अध्यक्ष रविकुमार साहले सर्जमिन मुचुल्का बनाउन पनि आफू अनुकुलकै व्यक्तिहरु प्रयोग गरेका थिए । ‘केही परे म छु,’ भन्दै स्थानीय अनपढ व्यक्तिहरुलाई उक्त सर्जमिन मुचुल्कामा सिफारिश गर्न लगाएको एक स्थानीयले बताए ।सिफारिश भएपछि जिल्ला प्रशासन कार्यालयले शिवजी ठाकुरको नाममा भारतीय नागरिक जामुन ठाकुरलाई नागरिकता प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...
काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...