भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

घुस खाएर भारतीय नागरिकलाई नेपाली नागरिकता

घुस खाएर भारतीय नागरिकलाई नेपाली नागरिकता

एक भारतीय नागरिकलाई नेपाली बनाएर नागरिकता दिइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कडाईपूर्वक छानबिन थालेको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविकुमार साहको सिफारिश जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको थियो ।

भारतीयलाई नागरिकताको सिफारिस गरेपछि यसबारे उजुरी परेको थियो । उजुरी लगत्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीले वडाध्यक्ष रविकुमार साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । बलरा नगरपालिका–८ का स्थायी बासिन्दा मोहन ठाकुरका दुई छोरीमध्ये कान्छी छोरी संगीता देवीको विवाह भारतको जिल्ला सितामढी थाना मेजरगञ्ज पञ्चायत बलेडा निवासी जामुन ठाकुरसँग भयो ।

११ वर्षअगाडि उनीहरुको विवाह भएको थियो । उनीहरुको साथबाट ३ वटा छोरी र २ वटा छोराको समेत जन्म भइसकेको छ । जामुन बिहार र नेपाल दुबैतिर बस्ने गरेका थिए ।
विवरण

जामुन ससुराली घर सर्लाहीमा पनि पटकपटक आएर बस्न थाले । यसैक्रममा २०६९ सालमा तत्कालीन गढैया गाविसमा उनको जन्म दर्ता गराइयो । २०६९ साल चैत ३० गते जामुन ठाकुरको नाम परिवर्तन गरी शिवजी ठाकुरको नाममा जन्मदर्ता गराइयो ।

जन्मदर्ता गराउँदा २०५० साल साउन ९ गते जन्म भएको र बुवाको नाम मोहन ठाकुर तथा आमाको नाम मनतोरिया देवी भनेर राखियो । त्यसको ६ वर्षपछि २०७५ साल वैशाख १३ गते उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिइयो । त्यो प्रतिलिपि दिने व्यक्ति थिए २० वर्षदेखि सोही स्थानमा काम गर्दै आएका वडा सचिव सरोज साह ।

उनलाई परिवर्तित नाम शिवजी ठाकुर को थिए भन्ने कुरा राम्ररी थाहा थियो । तर पनि उनले ती व्यक्तिको जन्मदर्ताको प्रतिलिपि दिन कुनै आनाकानी गरेनन् । जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिएपछि उनी त्यसलगत्तै नागरिकताका लागि सिफारिश लिन पुगे । वडा अध्यक्ष रविकुमार साहले ‘सर्जमिन मुचुल्का’ तयार पारेर शिवजी ठाकुर उर्फ जामुन ठाकुरको नाममा नागरिकता सिफारिश गरिदिए ।

वडा नम्बर ८ का वडा सदस्य कोमलकुमार ठाकुरका अनुसार वडाध्यक्ष साहलाई पनि जामुन ठाकुर मोहनको ससुरा भएको थाहा थियो । तर पनि उनले नागरिकताका लागि सिफारिश गरिदिए । र, त्यही सिफारिशको आधारमा २०७५ भदौ २५ गते भारतीय नागरिक जामुन ठाकुरले शिवजी ठाकुरको नामबाट आफ्ना ससुरा मोहन ठाकुरलाई बुवा बनाएर नेपाली नागरिकता लिन सफल भए ।

२०७५ भदौको उक्त घटनाबारे २०७६ असारमा पोल खुल्यो । मोहन ठाकुरले टोलकै कुनै व्यक्तिलाई ज्वाइँको नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको बारे बताए, त्यसपछि मात्रै शिवजी ठाकुरको नाममा जारी भएको नागरिकता र वडाको सिफारिशबारे खोजबिन सुरु भयो ।

त्यसपछि गएको साउन २ गते अख्तियारमा सो सम्बन्धमा उजुरी पर्यो । र, अख्तियारले छानबिन थाल्यो । अनि मात्रै उक्त पत्र जिल्ला प्रशासन कार्यालय हुँदै वडा कार्यालयसम्म आइपुग्यो ।
वडा अध्यक्षले १ लाख लिएको आरोप

मोहन ठाकुरले आफ्नो ज्वाईँलाई छोरा बनाएर नागरिकता दिलाउन करिब २ लाख रुपैयाँ खर्च गरेको वडा सदस्य र स्थानीयसँग बताइसकेका छन् । वडा नम्बर ८ का वडा सदस्य कोमल कुमार ठाकुरका अनुसार यसबारे खोजबिन सुरु भएपछि उनले शिवजी भन्ने जामुन ठाकुर आफ्नो छोरा नभएर ज्वाइँ भएको र उनी भारतीय नागरिक भएको बताइसकेका छन् ।

वडाध्यक्षसँग कुराकानी गरी अर्को चुनावमा सघाउने र नागरिकता दिलाएवापत २ लाख रुपैयाँसम्म खर्च गर्ने भनी उनले सिफारिश लिएका थिए । त्यसका लागि सिफारिश गर्न वडा अध्श्यक्ष एक्लैले १ लाख रुपैयाँ लिएको मोहनले बताएका थिए ।

वडा अध्यक्ष रविकुमार साहले सर्जमिन मुचुल्का बनाउन पनि आफू अनुकुलकै व्यक्तिहरु प्रयोग गरेका थिए । ‘केही परे म छु,’ भन्दै स्थानीय अनपढ व्यक्तिहरुलाई उक्त सर्जमिन मुचुल्कामा सिफारिश गर्न लगाएको एक स्थानीयले बताए ।सिफारिश भएपछि जिल्ला प्रशासन कार्यालयले शिवजी ठाकुरको नाममा भारतीय नागरिक जामुन ठाकुरलाई नागरिकता प्रदान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.