भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

चालक तथा परिचालकहरुलाई जस्तै देशका शासकहरुलाई पनि नियम सिकाउँनुपर्छ : सांसद सुवाल

चालक तथा परिचालकहरुलाई जस्तै देशका शासकहरुलाई पनि नियम सिकाउँनुपर्छ : सांसद सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय साँसद प्रेम सुवालले राष्ट्रपति पद कार्यकारी मात्रै नभई जिम्मेबारीसहितको बलियो संस्था भएको बताएका छन् । भक्तपुर ट्रक व्यवसायी प्रालिको आयोजनामा चालक परिचालकहरुलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण कार्यक्रमको मंगलबार उदघाटन गर्दै सांसद प्रेम सुवालले राष्टपति,प्रधानमन्त्री देशको चालक भएकाले देशभक्त राष्ट्रपति निर्वाचित भए देशलाई जोगाउन सक्ने बताएका हुन ।

राष्टपतिको चुनावमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई मात्र दिने बताउदै राष्टपतिका दुवै उम्मेदबार रामचन्द्र पौडेल र सुवाश नेम्वागलाई यही व्यहोराको चिठी समेत पठाएको सुवालले बताए । सांसद सुवालले राष्ट्रपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै होइन जनतालाई देश जोगाउँन, एमसीसी,एसपीपी लगायत देश हित विपरितका सन्धी सम्झौता खारेज गर्ने प्रतिवद्धता आवश्यक भएको तर्क गरे ।

कार्यक्रममा उपत्यका टाफिक प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक अभिनारायण काफले, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसी, भक्तपुर ट्राफिक प्रहरी परिसरका प्रमुख राजु कार्की, भक्तपुर टक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोरालगायतले सवारी दुर्घटनाका विभिन्न पक्षहरुबारे चर्चा गरेका थिए । तालिममा दुई सय ५० भन्दा वढी चालक परिचालकहरु सहभागी रहेको छ । भक्तपुरबाट देशका अन्यक्षेत्रका व्यवसायीहरुले पनि सिक्नु पर्ने कार्यक्रममा सहभागीहरुको भनाई रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.