भक्तपुर । बाल विकास इङ्गलिस सेकेण्डरी स्कुलको ३२ औं वार्षिकोत्सव समारोह तथा हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा चिनियाँ समूहको नृत्य मुख्य आकर्षणको केन्द्र बनेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका सस्थापक सदस्य मोहन प्रसाद प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा स्कुलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले प्रमुख अतिथि तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें रोहितबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए ।
स्कुल प्राङ्गणमा भएको कार्यक्रममा अभिभावकले खचाखच भरिएको थियो । सहभागि सबैलाई सीता प्रजापतिले स्वागत गरेको कार्यक्रममा धिमेबाजा सहित विशिष्ट अतिथि एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गरेका थिए ।
हजुरबुबालाई टोपी र हजुरआमालाई थैली, दोसल्ला तथा उपहारले सम्मान गरिएको वार्षिकोत्सवमा क्रियटिभ राईटिङ्गमा कक्षा ४–७ लाई दीपक प्रजापति, कक्षा ८–१० लाई मोहन प्रजापतिले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै ह्याण्डिक्राप्ट र एसइइ २०७५ का टपर कृषा दुवाललाई प्रिन्सिपल सुरेन्द्रराज गोसाईले पुरस्कार वितरण गरेका थिए ।
दिनभर भएको सास्कृतिक कार्यक्रममा हामीलाई मनपर्छ हिमालको हाँसो, नेपाली हामी, कोपिला हुँ फुल भई फुल्न बाँकी छ, कोपिलामा रङ्ग चढ्यो, लिम्पियाधुरा, होली, चोली राम्रो, गाउँ गाउँबाट उठौं, बारीको कान्लोलगायतका गीत र नाँचले सबैलाई नाचौं नाचौं बनाएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमति प्रदेशका साँसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, ख्वप माविका प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठ र सस्थागत विद्यालय संघ नेपालका अध्यक्ष प्रेमजन थापाले आठ मिनेतको मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापतिको मन्तव्यबाट सभा विसर्जन भएको सो कार्यक्रमका चिनियाँ शिक्षिका श्रेनीको सामुहिक चिनियाँ गीतको नाँच प्रस्तुति मुख्य आकर्षणको केन्द्र रहेको थियो भने सहभागी सबै सो प्रस्तुतिबाट गदगद भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, ४ जेठ । १२१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइताबारबाट थप नयाँ परिचय पाएको छ । अस्पतालमा सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु भएपछि भक्तपुर अस्पतालको परिचयमा नयाँ...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
२९ वैशाख, काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा...
काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको...