भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चिनियाँ शिक्षिकाको बेजोड प्रस्तुतीमा बाल विकासको ३२ औं वार्षिकोत्सव सम्पन्न

चिनियाँ शिक्षिकाको बेजोड प्रस्तुतीमा बाल विकासको ३२ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । बाल विकास इङ्गलिस सेकेण्डरी स्कुलको ३२ औं वार्षिकोत्सव समारोह तथा हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा चिनियाँ समूहको नृत्य मुख्य आकर्षणको केन्द्र बनेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका सस्थापक सदस्य मोहन प्रसाद प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा स्कुलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले प्रमुख अतिथि तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें रोहितबाट प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए ।

स्कुल प्राङ्गणमा भएको कार्यक्रममा अभिभावकले खचाखच भरिएको थियो । सहभागि सबैलाई सीता प्रजापतिले स्वागत गरेको कार्यक्रममा धिमेबाजा सहित विशिष्ट अतिथि एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गरेका थिए ।

हजुरबुबालाई टोपी र हजुरआमालाई थैली, दोसल्ला तथा उपहारले सम्मान गरिएको वार्षिकोत्सवमा क्रियटिभ राईटिङ्गमा कक्षा ४–७ लाई दीपक प्रजापति, कक्षा ८–१० लाई मोहन प्रजापतिले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै ह्याण्डिक्राप्ट र एसइइ २०७५ का टपर कृषा दुवाललाई प्रिन्सिपल सुरेन्द्रराज गोसाईले पुरस्कार वितरण गरेका थिए ।

दिनभर भएको सास्कृतिक कार्यक्रममा हामीलाई मनपर्छ हिमालको हाँसो, नेपाली हामी, कोपिला हुँ फुल भई फुल्न बाँकी छ, कोपिलामा रङ्ग चढ्यो, लिम्पियाधुरा, होली, चोली राम्रो, गाउँ गाउँबाट उठौं, बारीको कान्लोलगायतका गीत र नाँचले सबैलाई नाचौं नाचौं बनाएको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमति प्रदेशका साँसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, ख्वप माविका प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठ र सस्थागत विद्यालय संघ नेपालका अध्यक्ष प्रेमजन थापाले आठ मिनेतको मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापतिको मन्तव्यबाट सभा विसर्जन भएको सो कार्यक्रमका चिनियाँ शिक्षिका श्रेनीको सामुहिक चिनियाँ गीतको नाँच प्रस्तुति मुख्य आकर्षणको केन्द्र रहेको थियो भने सहभागी सबै सो प्रस्तुतिबाट गदगद भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.