DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चीनबाट ल्याइएका विद्यार्थी पुगे भक्तपुरको क्वारेन्टाइनमा

चीनबाट ल्याइएका विद्यार्थी पुगे भक्तपुरको क्वारेन्टाइनमा image

फागुन ४ काठमाडौं । : चीनबाट ल्याइएका १ सय ७५ विद्यार्थी भक्तपुरको खरिपार्टीमा निर्माण गरिएको क्वारेन्टाइनमा पु¥याइएको छ ।
कोरोना भाइरस फैलि रहेको वेला चीनको वुहान शहरबाट १ सय ७५ जना विद्यार्थीलाई उद्दार गरी खरिपार्टी क्वारेन्टाईन पु¥याइएको हो ।
आइतबार बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई भत्तफुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा निर्माण गरिएको क्वारेन्टाइनमा पु¥याइएको जनाइएको छ । वुहानबाट ल्याइएकालाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पु¥याएको हो । विमानस्थमालमा उनीहरुको स्वास्थ्य चेक गर्दा कुनै खालको समस्या नदेखिको जनाइएको छ ।
चीनबाट फर्किन आवेदन दिएका १ सय ८५ जना मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएका कारण चीनमै रोकिएका छन् । चार जनाले नेपाल फर्कन अस्वीकार गरेको चीनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.