भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चौंरीमहोत्सवको तयारी

चौंरीमहोत्सवको तयारी

पाँचथर । फालेलुङ गाउँपालिका–४ चाररातेमा नयाँवर्षको अवसर पारेर चौंरी महोत्सवको तयारी पुरा भएको छ। सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी सातौं फालेलुङ ‘चौंरी पर्यटन महोत्सव’बारे जानकारी दिइएको हो। चैत ३० गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी छ।

फालेलुङ गाउँपालि मुख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौंरीपालक तथा संरक्षण संस्था आयोजकका रूपमा छन् । पर्यटन र सञ्चारसम्बन्धी अन्तरक्रिया गर्ने तयारी छ ।

झाँकी प्रदर्शन, याक नृत्य, चौंरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ट पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगितालगायतका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी छ । उक्त अवसरमा ६ सय चौंरीहरू प्रदर्शन गर्ने फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.