भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वागमती प्रदेशस्तरीय धिम्य प्रतियोगितामा सिरुटार प्रथम

वागमती प्रदेशस्तरीय धिम्य प्रतियोगितामा सिरुटार प्रथम

भक्तपुर । बागमती प्रदेशस्तरीय धिम्य बाजा प्रतियोगितामा भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरुटारस्थित धिमय् खलः प्रथम भएको छ । चाँगुनारायण नगरपालिका ताथलीस्थित धिमय् खल दोस्रो र मध्यपुरथिमि नगरपालिकाको मध्यपुर धिमय् खलः तेस्रो भएका छन् ।

भक्तपुर मानन्धर संघको संयोजन र काठमाडौं महानगरपालिकाको सहकार्यमा दतात्रयमा भएको वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लूनिभाः धिमे खलः प्रथम, ताथली धिमे खलः द्धितीय र मध्यपुर श्री राज गणेश धिमे खलः, तृतीय भएको आयोजकले जनाएको छ ।

प्रथम हुने खलःलाई नगद २५ हजार, दुई वटा धिमे बाजा, एकएक जोर भुछ्या र सिछ्या, द्वितीय हुने खलःलाई नगद १५ हजार, एक वटा धिमे बाजा र एक जोर भुछ्या तथा तृतीय हुने खलःलाई नगद १० हजार रुपैयाँ र एक वटा धिमे प्रदान गरिएको छ । उक्त प्रतियोगितामा प्रदेशका ५० वटा धिमय् खलः को सहभागिता रहेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.