बारा । हत्यापछि महिलाको शवलाई जलाउँदै गरेको अवस्थामा शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव जलिरहेकै अवस्थामा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै लुकाएको सूचना पाएपछि प्रहरीको टोली गाउँ पुगेको थियो । प्रहरी गाउँमा पुग्दा रामदयाल महतो नुनियाले श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको भेटेपछि शवलाई नियन्त्रणमा लिएको हो । शवका केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेकोले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको माइती पक्षले सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ । मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला...
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...