भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

‘जल्दै गरेकाे शव प्रहरीले नियन्त्रणमा लियाे, किन भागे श्रीमान’

‘जल्दै गरेकाे शव प्रहरीले नियन्त्रणमा लियाे, किन भागे श्रीमान’

बारा । हत्यापछि महिलाको शवलाई जलाउँदै गरेको अवस्थामा शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव जलिरहेकै अवस्थामा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै लुकाएको सूचना पाएपछि प्रहरीको टोली गाउँ पुगेको थियो । प्रहरी गाउँमा पुग्दा रामदयाल महतो नुनियाले श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको भेटेपछि शवलाई नियन्त्रणमा लिएको हो । शवका केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेकोले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको माइती पक्षले सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ ।

 


Thali Mobile Pvt.Ltd.