भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न टीआई नेपालकाे अपील

जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न टीआई नेपालकाे अपील

काठमाडाैं । कोभिड–१९ सम्बन्धी विपद् व्यवस्थापन कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले अपील गरेको छ ।

अहिले सारा विश्व कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त भएको भन्दै यस महामारीबाट बच्न सामाजिक दूरी बढाउन संसारभरि नै विभिन्न देशहरुले लकडाउन गरी आवात–जावत, उडान र सीमामा बन्देज लगाएको अवस्थालाई मध्यनजर गरि सतर्क सहन आग्रह गरेको छ ।

कोभिड–१९ सम्बन्धी तिनै तहका सरकारबाट भइरहेका र अब हुने विपद् ब्यवस्थापनका कार्यमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम होस् भन्ने हेतुले भ्रष्टाचार विरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले १० बुँदे अपील जारी गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

बुँदाहरु
१. कोभिड–१९ सँग सम्वन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी छ । विषयगत विषेशज्ञहरु सम्मिलित समितिहरुबाट यस विपद् व्यवस्थापनका चरणवद्ध कार्ययोजना निर्माण गरी लागू गरिनु आवश्यक छ ।

२. कोभिड–१९ संक्रमण रोक्ने केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार र अनियमितता हुनबाट रोक्ने र भएको खण्डमा कडा कारबाही गर्न जरुरी छ ।

३. कोभिड–१९ रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार र तीनका निकायहरुको समन्वयात्मक कार्यमा जवाफदेहिता बढाउन जरुरी छ ।

४. कोभिड–१९ संक्रमण रोक्न तिनै तहको सरकारबाट विनियोजित बजेट र संकलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाइनु पर्दछ ।

५. कोभिड–१९ रोकथामसम्बन्धी उपकरण, सामाग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टकृत निकायबाट किफायतीरुपमा गरिनुपर्दछ ।

६. सरकार र संघ–संस्थाहरुभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने वा अनियमितताबारे जानकारी दिने कर्मचारी वा अन्यलाई कारबाही नहुने व्यवस्था सुनिश्चित गरिनुपर्दछ ।

७. कोभिड–१९ सम्बन्धी काम–कारबाहीबारे सूचना माग्न पाउने नागरिकको हक सरकारद्वारा सम्मान गरिनुपर्दछ ।

८. कोभिड–१९ नियन्त्रण सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, प्रोटेक्टिभ लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशिघ्र उपलब्ध गराइनु पर्दछ ।

९. सरकारीस्तरबाट हुने कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् ब्यवस्थापनका प्रयासमा मानवअधिकार र जनचाहनालाई केन्द्रविन्दु बनाइनु पर्दछ ।

१०. कोभिड–१९ सम्बन्धी सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन र सुपरिवेक्षण गरिनुपर्दछ ।

(टीआई) नेपालका महासचिव मुकुन्द बहादुर प्रधानद्धारा हस्ताक्षरित विज्ञप्तीPress Bigyapti TI