भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बसकाे टिकट जाँच गर्ने सीडीयो जाजरकोटमा

बसकाे टिकट जाँच गर्ने सीडीयो जाजरकोटमा image

जाजरकाेट । बसकाे टिकट जाँच गर्छन् सीडीयाे भन्दा अच्चमा लाग्याे हाेला याे यथार्थ जाजरकाेटकाे हाे । तोकिएको भाडा दरभन्दा बढी भाडा यात्रुबाट असुले पछि जाजरकाेटका सीडियाेले आफै टिकट जाँच गर्न हिडेका छन् । यातायात व्यवसायीले बढी भाडा असुलेको गुनासो आएपछि सीडियोले यस्ताे गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतको टिमले अनुगमनका क्रममा यात्रुहरुको टिकट जाँच गर्दा सुनेकाे जस्तै भाडा असुलेकाे पत्ता लगाएका हुन । प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम गाडीभित्रै फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

सदरमुकामबाट पैदल तीन घण्टा टाढाको दूरीमा रहेको भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा यस्ताे पाइएकाे हाे । कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेकोमा स्थानीयवासी समेत खुसी भएका छन् ।

जनताबाट व्यापक गुनासाे सुनेपछि अनुगमनमा निस्किएकाे भन्दै पन्तले गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको,  पसलहरूमा म्याद गुर्जेको सामग्री बिक्री वितरण भैरहेको र उक्त सामग्री नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया समेत अगाडी बढाएकाे बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.