भर्खरै : Sorry, your browser does not support inline SVG.

डोल्पामा फैलिएको त्रास कोरोना नभई मौसमी रुघाखोकी भएको पुष्टी

डोल्पामा फैलिएको त्रास कोरोना नभई मौसमी रुघाखोकी भएको पुष्टी

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोग कोरोना नभई रुघाखोकी भएको पुष्टि भएको छ। कोरोनाको आशंकामा तीन दिन अघि हेलिकप्टरबाट सुर्खेत लगिएका बिरामीको नमुना परीक्षण गराउँदा रुघाखोकी भएको पुष्टि भएको हो।

काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षण गरिएको स्याम्पल शुक्रवार बेलुकी मात्रै पत्त्ता लागेको हो । गाउँनै थला पार्ने गरि फैलिएको रुघाखोकीलाई कोरोनाको त्रास फैलिएको थियो ।

उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको पुष्टी भैसकेकाले नआतिन जिल्ला अस्पतालकी डा.मेलिना हमालले बताइन्‌। सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरीनै रोग फैलिएको भन्दै हमालले जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता कुरामा ध्यान नदिँदा रोग फैलिएको बताईन् ।

 


Thali Mobile Pvt.Ltd.