भक्तपुर । राजधानी काठमाडौं देखि नजिकै रहेको एक गन्तव्य रानीकोट पर्यटनका लागि उत्कृष्ट गन्तव्य बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका प्रतिनिधि सम्मिलित बैठक सम्पन्न भएको छ । होटल भिलेज हाइल्याण्ड रिसोट रानीकोटमा सोमवार सम्पन्न बैठकमा संघ, प्रदेश, स्थानीयतहका प्रतिनिधि, नीजि क्षेत्र, सरोकारवाला र पत्रकारबीच सम्पन्न बैठकले रानीकोटलाई केन्द्रभागमा राखेर पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन गुरुयोजना तय गरेको छ।
पनौती नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र यस क्षेत्रका माननीय साँसद, सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, होटलव्यवसायी र सरोकारवालाकोहरुबीच भएको गहन छलफलले रानीकोटलाई केन्द्रबिन्दुमा राखि एकिकृत पर्यटन प्रवद्र्धन गर्न एक संयुक्त कार्यदल समेत गठन भएको छ । पनौती नगरपालिका पर्यटन समिति तथा वडाध्यक्ष पुरुषोतम अधिकारीको संयोजक्त्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै संघिय साँसद महेश बस्नेतले पर्यटन र यसका पूर्वाधार निर्माण गर्न तीनवटै नगरपालिकाको स्वामित्व वरावरी गर्नु पर्ने भन्दै मास्टर प्लान बनाएर अघि बढ्नु पर्ने बताए । होमस्टे, इकोभिलेज, कैलाश आशापुरी हुदै शिवसर्किट, रानीकोटमा मल्टीकम्पलेक्स विल्डिङ्ग सहितको भ्यूटावर बनाउन कार्यविभाजन गरेर लैजान सूदाव दिए ।
रानीकोट देखि आशापुरी, कुशादेवि र मानेभञ्याङ्ग सम्म सडक निर्माण गर्ने भन्दै बस्नेतले पर्यटकका लागि सुविधा सम्पन्न होटल रानीकोटमा बनाएकोमा रामसुन्दर बकेलाई धन्यवाद दिदै पर्यटन व्यवसाय प्रवद्धनका लागि आन्तरीक पर्यटक अहिले सबैभन्दा महत्वपूर्ण सम्भावना भएको बताए ।
भक्तपुरको दक्षिणी क्षेत्रमा पर्ने रानीकोट पर्यटकका लागि मात्रै उत्कृष्ठ गन्तव्य नभएर चारवटै नगरपालिकाको केन्द्रबीन्दु पनि हो । होटल व्यवसायी रामसुन्दर बकेले संचालनमा ल्याएको अत्याधुनिक सुविधासम्पन्न भिलेज हाइल्यान्ड रिसोर्टमा दिनभर विभिन्न कोणबाट छलफलमा माझिएका साँसद, कर्मचारी, होटल व्यवसायी, पर्यटन व्यवसायी र सरोकारवालाले साझा दृष्टिकोण बनाएर एक भई कार्ययोजना बनाएका छन् । सबैको साझा प्रयासले यो ठाँउलाई संसारभर चिनाउन सफल हुने उनीहरुको बुझाई छ ।
रानीकोटको विकास नीजि क्षेत्रको मात्रै नभएर अब जनप्रतितिधि हुदै संघिय सरकारको चाँसोको विषय बनेको छ । विश्वका पर्यटक रानीकोटमा रमाउन आउने वातावरण बनाउन सबैले आआफ्नो क्षेत्रबाट जिम्मा लिने बताएका छन् । संसारको सबैभन्दा सुन्दर देश नेपाल भनेर संचारमाध्यमले विश्वमा प्रचार गरेको कुरालाई जिवन्त तुल्याउन राज्यको दायित्व भएको भन्दै आन्तरीक र वाह्य पर्यटक भित्र्याउन अभियानको थालनि गरेको उनीहरुले बताएका छन् ।
पनौती नगरपालिकासंग सिमा जोडिएका गोदावरी नगरपालिकाको लठ्ठाभञ्याङ्ग, चापाखर्क, महालक्ष्मी नगरपालिकाको मानेदोभान देखि लाकुरीभञ्याङ्गसम्मको क्षेत्र, सूर्यविनायक नगरपालिकाको रानीकोट देखि पाँचकन्यासम्मको क्षेत्र प्राकृतिक सौन्दर्यताले अत्यन्तै मनमोहक छ । दृश्याकलोकनका लागि परिचित, पर्यटकीय महत्वसंगै काठमाडौं उपत्यकाबाट सहज पहँुच भएकाले यसको विकास र समृद्धिका लागि भेला भएका उनीहरुले समग्र गुरुयोजनाबाट अगाडि बढाउने निर्णय गरेका छन् ।
उपत्यकाको सबैभन्दा अग्लो डाँडाको रुपमा परिचित गोदावरीको फुलचोकी, पनौतीको पानीढलो ऐतिहासिक तथा साँस्कृतिक महत्वका साथै क्लाउड फरेस्टको रुपमा परिचय बोकेको यहाँ २ सय ८० प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न पाईने बताएका छन् । हजारौं प्रजातिका बनस्पती, विभिन्न प्रजातिका जनावर र अथाह सम्भावनाको भण्डारको उपयोग र संरक्षण स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको चाँसो दिन जरुरी रहेको सरोकारवालाले बताएका छन् ।
पनौती नगरपालिकाको आयोजनामा भएको वृहत छलफल कार्यक्रममा सूर्यविनायक नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाबीच अन्तरपालिका स्तरीय पर्यटकीय गतिविधि र अनुभव साटासाट भएको थियो । पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिति संघिय साँसद महेश बस्नेत, प्रदेश साँसद बसुन्धरा हुमागाई, महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ, जुना बस्नेत, वडाध्यक्ष रविन्द्र साप्कोटा, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, १ का वडाध्यक्ष, गुणराज साप्कोटा, होटलव्यवसायी रामसुन्दर बकेलगायतले बोल्नु भएको थियो । सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, होटलव्यवसायी र सरोकारवालाको उपस्थिति रहेको थियो ।
भिडियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...