भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

तुक नभएकाे र आधारहीन कुराको पछि नलाग्न डब्ल्यूएचओको आग्रह

तुक नभएकाे र आधारहीन कुराको पछि नलाग्न डब्ल्यूएचओको आग्रह

१० बैशाख २०७७ काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दाबी गरेको छ । चीनले कोरोना भाइरस बनाइएको भन्ने हल्लाको कुनै तुक नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो ।

आधार हिन व्यक्तिले लगाएको आरोपको भ्रममा नपर्न विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको आधारहिन कुरा गरेका थिए ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको दावी छ । अमेरिकामा मात्रै गएको २४ घण्टामा २७ सयभन्दा धेरैको ज्यान गएको छ । योसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ४५ हजार ३३४ नाघेको छ भने आठ लाख १९ हजार १७५ भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।